बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ । सो कार्यसुचिमा जनता समाजबादी पार्टी (जसपा)नेपालले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।
जसपा प्रदेश अध्यक्ष दिपक याख्खाले विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन् । कोशी प्रदेश नामाकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको नामकरण पुनः गर्नुपर्ने माग राख्दै जसपाले कोशी नामाकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने बताएको छ । निरन्तर संघीयता र पहिचानको निम्ति पहिचानसहितको संघीयता, सुशासन र समृद्धिसँगै समाजवादको बलियो आधार तयार गर्नलाई जनसंघर्ष नै प्रमुख साधन हो भन्ने मन्यताका आधारमा आन्दोलनलाई सरकार, सदन र सडक तीनै ठाउँबाट संघर्ष चलाइरहेको जसपाले जनाएको छ । कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले गत जेठ १६ गते नै फिर्ता लिइसकेको छ ।


93 पटक हेरिएको 












