विराटनगर । कोशी प्रदेशसभाको बैठक भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने भएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएपछि बैठक सारिएको हो । प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा विशेष कारणवश आज राति ८ बजे प्रदेशसभाको बैठक बस्न नसकेकाले शुक्रबार बिहान ११ बस्ने जनाइएको छ। संसद्मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री बाहिर निस्किएका थिए ।



82 पटक हेरिएको 












