एकीकृत समाजबादीको समाजवादी जागरण अभियान सुरु, पथरीसहित विभिन्न स्थानमा कोणसभा

पथरी । असोज २९ गतेसम्म जारी रहने नेकपा (एकीकृत समाजबादी) को समाजवादी जागरण अभियान अन्तर्गत मेची-महाकाली यात्रा आजदेखि सुरू भएको छ ।

अभियानमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ  नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, पोलिटब्युरो सदस्य कोशी प्रदेश कमिटीका सचिव महेश रेग्मी, केन्द्रीय सदस्य गौतम राईलगायत विभिन्न पालिका नेता, कार्यकर्ता तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

पथरीको लोकतान्त्रिक चोकमा आयोजित संक्षिप्त कोणसभालाई केन्द्रीय कमिटीका डा. प्रकाश पौडेलले संबोधन गरेका छन् ।
आज बिहान झापाको काँकडभिट्टाबाट प्रारम्भ भएको अभियान अन्तर्गत अपरान्ह दमक,  विराटचोकलगायत स्थानमा कोणसभा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार