कोशी नामाङ्कन खारेजीको मुद्धा साझा मुद्धा होः अध्यक्ष शेर्पा

इटहरी । नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे शेर्पाले प्रदेशको नाम ‘कोशी’ खारेजीको मुद्धा आदिवासी जनजातिको साझा मुद्धा भएको बताएका छन् ।

सुनसरीको इटहरीमा आयोजित कोशी नामांङ्कन खारेजी आन्दोलनप्रति आदिवासी जनजाति संघ संस्थाहरुको एक्यवद्धता वृहत्त सभालाई सम्वोधन गर्दै संघीय अध्यक्ष शेर्पाले सो कुरा बताएका हुन् ।अहिलेसम्म पहिचानको नाममा भइरहेको आन्दोलन राई लिम्बु समुदायको जस्तो मात्र भइरहेको देखिएकोले अबको आन्दोलनहरुमा महासंघमा आवद्ध सबै  समुदायको हुने उनले बताए । आन्दोलनमा सातै प्रदेशमा गरिने बताउँदै एक समुदायले अर्को समुदायलाई समर्थन गर्दै पहिचानको आन्दोलनलाई उचाईमा पुर्‍याएर प्रदेशको नामहरु पहिचानको आधारमा स्थापित गर्ने प्रतिवद्धता उनले जाहेर गरे । कार्यक्रममा अबको पहिचानको आन्दोलनमा सबै जातीय संस्थाका संघीय अध्यक्षहरुले एक्यवद्धता समेत जनाएका छन् । बक्ताहरुले पटकपटक मुख्यमन्त्री फेरिने या मन्त्री हुनेक्रम जारी भएपनि हाम्रो मुद्धा स्थापित नभइञ्जेल ८२ जना प्रदेशसभा सदस्यहरुलाई गाउँगाउँका बस्ती र गल्लीहरुमा पस्न नदिइने समेत उनीहरुले एकैसाथ उद्घोष गरे । शान्तिपूर्णरुपमा भइरहेको पहिचानको आन्दोलनलाई खेलाची ठानी पहिचानवादीलाई जिस्काए त्यो जिस्काई र ठट्टा महंगो हुने समेत उनीहरुले चेतावानी दिए । शान्तिपूर्ण आन्दोलनलाई हतियार बोक्न बाध्य नपार्न राजनीतिक दलका नेता तथा प्रदेश र संघीय सरकारलाई चेतावानी दिए ।

वृहत्त सभामा एक्यवद्धता जनाउने संस्थाहरुमा थारु कल्याणकारिणी सभा सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरी, नेपाल शेर्पा संघका संघीय महासचिव लाक्पा शेर्पा, सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृत सुनुवार, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी संघीय महासचिव शोभा सुनुवार, तमु ह्युल छौंज:धीका संघीय उपाध्यक्ष धनमान गुरुङ, नेवा देय दवुका संघीय उपाध्यक्ष उमेश स्थापित, नेपाल मगर संघका संघीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले पहिचानको आन्दोनमा हुने हरेक गतिविधिमा सामेल हुने प्रतिवद्धता व्यक्त गरेका छन् । संघर्ष समितिकातर्फ किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका संघीय उपाध्यक्ष तिलक याम्फु राई, कोशी नामाङ्कन खारेजी आन्दोलन संयुक्त संघर्ष समिति सदस्य रामभक्त कुरुम्वाङले पहिचानको आन्दोलन कुनै हालतमा पछि नहट्ने अठोट गरेको बताएका छन् ।
पहिचानबादीले कार्यक्रम अघि र्‍याली निकालिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार