जसपा ओखलढुंगाको अध्यक्षमा खड्का

ओखलढुंगा  । जनता समाजवादी पार्टी नेपाल ओखलढुंगाको जिल्ला समिति पुर्नगठन गरिएको छ ।

खेमराज खड्काको अध्यक्षमा ३१ सदस्यीय समिति पुर्नगठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रकाश तामाङ, सचिवमा पासाङ निमा शेर्पा, उपसचिवमा निर्मल सुनुवार, चम्मर राई र कोषाध्यक्षमा सुइटी शाह र ५ जना कार्यकारी सदस्य संगै अन्य सदस्यहरु निर्वाचित भएको जसपा १ नम्बर प्रदेशका प्रदेश सदस्य धिरेन्द्र रुम्दालीले जानकारी दिए ।  जसपा १ नम्बर प्रदेशका प्रदेश अध्यक्ष दिपक याक्खा, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, जसपा केन्द्रीय सदस्य नवराज गुरुङ, मधेश प्रदेश राष्ट्रिय समितिका अध्यक्ष तुल्शी राजवंशी र किरात राष्ट्रिय समितिका मुख्य सचिव प्रशन्न कुमार राई, सचिव नरेश नेम्वाङ, १ नम्बर प्रदेश शेर्पालुङका संयोजक नुर्बु शेर्पा लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार