धनकुटा । कांग्रेसको मागअनुसार प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक कम्तिमा महिनाको एक पटक धनकुटामा वस्ने भएको छ ।
धनकुटा काङ्ग्रेसले बख्रे अधिवेशन धनकुटामा गर्नु पर्ने र धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयलाई साधन स्रोत र जन शक्ति युक्त बनाई मन्त्री परिषदको बैठक धनकुटामा महिनामा कम्तिमा एक पटक संचालन गरी मुख्य मन्त्रीले धनकुटाबाट पनि कार्य संचालन गर्नु पर्ने, धनकुटाको विकास र समृद्विको लागि विभिन्न योजनाहरुको बजेट बिनियोजन गर्नु पर्ने लगायत माग गरेको थियो ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ्गसहितको टोलीले मुख्यमन्त्रीलाई निवासमै भेटेर ज्ञापनपत्र बुझाएर सो माग गरिएको हो । सो अवसरमा पाख्रिवास नगरपालिकामा मेयर ज्ञानबहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय, साँगुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बासमेतको उपस्थिति थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदारकार्कीले धनकुटामा प्रत्येक महिनाका कम्तिमा एक पटक मन्त्रिपरिषदको बैठक राख्ने बताएका छन् । नेपाली कांग्रेस धनकुटाको टोलीले प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै आज मुख्यमन्त्री कार्कीले धनकुटाको विकास र समृद्धिका लागि प्राथमिकतासाथ काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
मुख्यमन्त्री कार्कीले यसअघि तत्कालिन मुख्यमन्त्री शेरधन राईले सम्पर्क कार्यालय स्थापना गरेपनि कुनै पनि बैठक धनकुटामा नराखेको स्मरण गर्दै अब महिनामा एकपटक धनकुटामै क्याविनेट राख्ने प्रतिबद्धता जनाएको काँग्रेसक धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिए । मुख्यमन्त्रीलाई धनकुटाको मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा भेट्न सकिने कार्कीले बताएको उनले उल्लेख गरे । कांग्रेस धनकुटाको टोलीले विराटनगरमा कोशी प्रदेशका मन्त्रीहरु समशेर राई र कमल प्रसाद जबेगुसँग पनि भेटेर विभिन्न माग राखेको छ ।


91 पटक हेरिएको 












