आत्मानन्द कप : माङसेबुङको विजयी सुरुवात

इलामको माङसेबुङ गाउँपालिका ५, प्रस्तावित आत्मानन्द रंगशालामा खेलमा पाहुना टिम बिवाईसी भुटानलाई १–० गोल अन्तरले हराउँदै माङसेबुङले बिजयी सुरवात गरेको हो । माङसेबुङको जितमा ओसन राईले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको १५ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङ गाउँपालिकाका ओसन राई घोषित भए । राईले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार तिजोक युवाक्लब पाँचथर र धनकुटा जिल्ला फुटबल संघबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत भएको आत्मानन्द कपको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवा क्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोल बजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम.एफ.सी. दार्जिलिङ भारत र बी.वाई.सी. भुटान सहभागी छन् ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने समेत आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिएका छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिड फिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार