सिरिजङ्गा स्मृति भलिबल प्रतियोगिताको उपाधि बेलबारीलाई

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा सम्पन्न  सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि बेलबारीले रक्षा गरेको छ ।

मङ्गलबार भएको फाइनलमा सालबारी भलिबल क्लब उर्लाबारीलाई उप विजेतामा सिमित राख्न सफल भएपछि बेलबारी भलिबल क्लब बीले उपाधि रक्षा गरेको हो । बेलबारीले २५-२०,२५-२१,२५-२३ सेटले बिपक्षीलाई हरायो । बेलबारीले एपीएफ पकली ईटहरीलाई जितेपछि फाइनल यात्रा तय गरेको थियो । बेलबारी भलिबल क्लब एलाई बाहिराएपछि सालबारी भलिबल क्लव उर्लाबारी फाइनलमा पुगेको थियो । सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेता बेलबारीले नगद ६० हजार र उपविजेता सालबारीले नगद ४० हजार, ट्रफी र प्रमाण पत्रहरु प्राप्त गर्‍यो ।१० टिम सहभागी प्रतियोगिताको दोस्रो पुरस्कार पथरी शनिश्चरे-१ निवासी समाजसेवी स्व.जहरमान थलङ लिम्बुको सम्झनामा छोराछोरी (पुर्ण थलङ, अमृत थलङ, सरोस्सता थलङ)ले  प्रायोजन गरेको छ । प्रतियोगिता पुष ७ गतेदेखि सुरु भएको प्रतियोगिता किरात याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको संयुक्त आयोजनामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार