ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर । झापा, सुनसरी, उदयपुर र धनकुटाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरिएको छ ।
झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-१ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको मे ९ प ३९१७ नम्बरको स्कुटर चेकजाँच गर्दा चालक कन्काई नगरपालिका-४ का साजन माझी र पछाडी सवार बिक्रम चौधरीलाई ४ ग्राम ११० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले धरान उप-महानगरपालिका-१७ की लक्ष्मी राईलाई ८८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका-४ बाट दुहवी नगरपालिका-९का मो.साविर मियालाई २ ग्राम १६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका-७ बाट स्थानिय यम बहादुर भण्डारीलाई २०० मिलिग्राम ब्राउन सुगर सहित र  चौदण्डीगढी नगरपालिका-२ उदयपुरका अस्मिन तामाङलाई ३४ चक्की प्रतिबन्धित औषधी सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार