इनरुवा । सुनसरीको कोशी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गए राती २ बजे कुम्याहीमा प्रहरी चौकी श्रीपुरजब्दी र अस्थायी प्रहरी पोष्ट कोशी कटानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उक्त घरबाट २ सय १६ किलो ४५ ग्राम गाँजा फेला पारेको हो । गाँजा बरमाद भएसगै ओसार पोसारमा संलग्न रहेका कोशी गाउँपालिका-५ का ३४ बर्षीय सागिर मिया र भारत बिहारका ३१ बर्षीय अरबिन्द कुमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


88 पटक हेरिएको 












