रेडस्टारलाई नकआउट फुटबल प्रतियोगिताको उपाधि 

 121 पटक हेरिएको

विराटनगर । अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिताको उपाधि रेडस्टार फुटबल टिम पथरी शनिश्चरेले उचालेको छ।
शनिवार मिल्स फार्क क्लब रानी, विराटनगरद्वारा आयाेजित फाइनल खेलमा रेडस्टार फुटबल टिमले २-० को अन्तरमा मोडन एरा स्कुल विराटनगरलाई पराजित गर्दै उपाधि चुमेको हो। दोस्रो हाफमा रेडस्टार फुटबल टिमका जर्सी नम्बर १४ का सोनम गुरुङ (कक्षा १२) र जर्सी नम्बर ३० का सौगात राई (कक्षा -११) ले प्रहार गर्दै विजय बन्यो । खेलमा रेडस्टार फुटबल टिमका कक्षा ११ मा अध्ययनरत सौगात राई ‘बेस्ट फरवार्ड’ र ‘म्यान अफ दि म्याच’ घोषित भए । उनी नगद सहित ट्रफी र मेडलले पुरस्कृत भएका थिए। ‘सर्वोकृष्ट खेलाडी’को विधामा कक्षा १२ का जोसन कार्की पुरस्कृत भए भने कक्षा १२ का सोनाम गुरुङ (५ गोल ) सर्वाधिक गोलकर्ता घोषित भएका थिए। त्यस्तै, कक्षा १२ का विजय गुरुङ बेस्ट गोलकिपर घोषित हुँदा युकेश तामाङ ‘बेस्ट कोच’को रूपमा पुरस्कृत भएका थिए। विजेता रेडस्टार फुटबल टिमलाई ५१ हजार र उपविजेता मोडन एरा स्कुल विराटनगरलाई ३१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार