पथरी । माेरङकाे पथरी शनिश्चरे नगरपालिकाले सोमवार नव नियुक्ति प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरेकाे छ । गत मंसिर १६ गते नियुक्ति भएका नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरेकाे हाे ।
नगर प्रहरी असई याेगेन्द्र श्रेष्ठ, हवल्दार ईन्द्र सुवेदी, जवानहरू याेगेन्द्र धिमाल, नगेन्द्र थापा मगर, राेमन न्याैपाने, दिना याेन्जनलाई नगरपालिकाले दर्ज्यानी चिन्ह प्रदान गरेकाे थियाे । दर्जा चिन्ह प्रदान कार्यक्रममा नगरप्रमुख माेहन प्रसाद तुम्वापाे, उपप्रमुख देवीमयाँ काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई लगायत शाखा प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे ।


67 पटक हेरिएको 












