पथरी । नगरको पहिचान र इतिहाससँग जोडिएको भुटानी शरणार्थी व्यवस्थापनको पाटोलाई संरक्षण गर्ने हेतुका साथ एउटा महत्वपूर्ण पहल सुरु गरिएको छ ।
वैशाख १७ गते बिहिबार भुटानी शरणार्थी संग्रहालय निर्माणका लागि छलफल आह्वान गरिएको हो । पथरी शनिश्चरे नगरपालिकामा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली भाषी भुटानी शरणार्थीहरूको इतिहासलाई जीवन्त राख्न र स्थानीय पर्यटन प्रबद्र्धन गर्ने हेतुले ‘भुटानी शरणार्थी संग्राहलय’ निर्माणको अवधारणा अघि सारिएको छ । संग्रहालयले इतिहासको दस्ताबेजीकरण मात्र नगरी पथरी शनिश्चरेलाई आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको वडा नं. ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नवीन कार्कीले जानकारी गराए। यस विषयमा अध्ययन, अनुसन्धान र संग्रहालय निर्माणको प्रारम्भिक खाका तयार पार्नका लागि सरोकारवालाहरूसँग खुला छलफलको आयोजना गरिएको छ । नगरपालिकाको नवनिर्माणाधीन प्रशासनिक भवनको परिसरमा भेला भएर यही वैशाख १७ गते विहिबार दिउँसो २ बजे छलफल हुने बताइएको छ ।


15 पटक हेरिएको 












