पथरी । पथरी शनिश्चरे नगरपालिका उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको संयोजकत्वमा दुध चिस्याउने मेसिन खरिद कार्यक्रम स्थलगत प्रमाणीकरणका लागि अनुगमन गरिएको छ ।
आज ५० प्रतिशत अनुदानमा दुध चिस्याउने मेसिन खरिद कार्यक्रम स्थलगत प्रमाणीकरण मूल्यांकनका लागि विहानी दुग्ध तथा कृषि सहकारी संस्था लि. को अनुगमन गरिएको हो ।
वडा नं. १ मा स्थापित सो सहकारी संस्था लि. मा अनुगमन गर्दा केही प्रक्रियाहरु अपुरो रहेको र सो प्रक्रियाहरुलाई पूरा गर्न सुझाइएको नगरका पशु चिकित्सक डा. आशिष देवले जानकारी दिए । सो अनुगमनमा आर्थिक विकास समिति संयोजक उद्धवराज बस्नेत, सदस्यद्वय सिता भुसाल, मन्जु राई, पशु स्वास्थ्य प्राविधिक लक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।


5 पटक हेरिएको 












