पथरी । पथरी शनिश्चरे नगरपालिकाको १९ औं नगरसभा सम्पन्न भएको छ ।
बुधबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न नगरसभामा विभिन्न समितिका प्रतिवेदन तथा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो ।
नगरसभामा नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष नविन कार्कीले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम तथा बजेट वक्तव्य प्रस्तुत गरे। त्यसैगरी, विधायन समिति संयोजक तथा वडा नं. २ का वडाध्यक्ष नैना राईले शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९ (दोस्रो संशोधन, २०८३) प्रस्तुत गरेका छन् ।
यस्तै, सुशासन तथा संस्थागत विकास समितिका संयोजक विजय लिम्बुले सुशासन सम्बन्धी प्रतिवेदन र कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य पदम धिमालले न्यायिक समितिको वार्षिक प्रतिवेदन २०८३ सभामा पेश गरेका थिए
नगरसभामा प्रस्तुत भएका सबै प्रतिवेदन तथा प्रस्तावहरू छलफलपछि सर्वसम्मत रूपमा पारित भएका छन् । नगरसभाका निर्णय, नीति तथा बजेट सम्बन्धी विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने नगर प्रवक्ता नविन कार्कीले जानकारी दिए।


1 पटक हेरिएको 




