पथरी । किटजन्य रोग (डेंगु) नियन्त्रण तथा उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै कवाडी तथा टायर पसलहरूको विशेष अनुगमन गरेको छ ।
पथरी शनिश्चरे नगरपालिकाले सञ्चालन गरेको डेंगु नियन्त्रण अभियान अन्तर्गत आज कवाडी तथा टायर पसलहरूको निरीक्षण गरी पानी जम्न सक्ने सम्भावित स्थानहरूको अवलोकन गरिएको थियो । अनुगमनका क्रममा व्यवसायीलाई सरसफाइमा विशेष ध्यान दिन, पानी जम्न नदिन तथा डेंगु रोग फैलाउने लामखुट्टेको प्रजननस्थल नष्ट गर्न आवश्यक सचेतना प्रदान गरिएको थियो । यस्तै तीन दिनपछि सुधार भए/ नभएको पुनः अनुगमन गरिनेछ ।
यसैगरी, बजार अनुगमनका क्रममा कवाडीजन्य व्यवसायको सञ्चालन अवस्था, बिल–बिजक, व्यवसाय दर्ता तथा नवीकरण, कर चुक्ता, लेबलिङ, सरसफाइ तथा उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनी प्रावधानको पालनाको समेत परीक्षण गरिएको थियो ।
नगरपालिकाका अनुगमन निरीक्षक एकराज खत्रीका अनुसार नियमित बजार अनुगमन मार्फत् उपभोक्ताको अधिकार संरक्षण गर्नुका साथै डेंगु रोग नियन्त्रणका लागि जोखिमयुक्त क्षेत्रको व्यवस्थापन, सरसफाइ अभियान र व्यवसायीको जिम्मेवारीलाई थप प्रभावकारी बनाइनेछ ।
अनुगमन टोलीमा राजस्व शाखा प्रमुख ताराप्रसाद ढकाल, सब–इन्जिनियर सुरेन्द्र राई, नगर प्रहरी प्रमुख योगेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


3 पटक हेरिएको 











