खैरो हिरोइनसहित कानेपोखरीबाट एक पक्राउ

कानेपोखरी(मोरङ)। खैरो हिरोइनसहित कानेपोखरीबाट एक युवा पक्राउ परेका छन् ।

साउन ९ अन्दाजी २२:३० बजेको समयमा कानेपोखरी गाउँपालिका वडा नं. २ देउलिया खोलाबाट रणध्वज राई पक्राउ परेका हुन् । २९ वर्षीय उनी मोरङ बेलबारी नगरपालिका वडा नं. ११ का बासिन्दा हुन् । रंगेलीबाट कानेपोखरीतर्फ आँउदै गरेको प्र.१-०२-०४४ प.११८ नम्बरको मोटरसाइकलमा सवार राईको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ ६ ग्राम ३८० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार