रङ्गेली(मोरङ) । मोरङ प्रहरीले एक किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा साउन १० गते पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते बिहान करिब ९ बजे मोरङको सुनवर्षी नगरपालिकाकी एक किशोरीलाई बलात्कार गरेको बताइएको छ । रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद असमानले रंगेली नगरपालिका–७ स्थित एक युमी (Yumi) क्याफेमा लगी जबर्जस्ती करणी गरेका थिए। त्यसपछि क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साहले समेत जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ। साउन ४ गतेका दिन राति करिब ११ बजे पीडितलाई पुनः रंगेली नगरपालिका–७ स्थित संसारी मन्दिर छेउको ‘द 90s’ (The 90s) क्याफेमा लगी रंगेली नगरपालिका–७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियान्सु साह र रंगेली नगरपालिका–६ का १८ वर्षीय रितिक यादवले सामूहिक रूपमा जबर्जस्ती करणी गरेको उजुरीमा जनाएको छ।
घटनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ परेकामाथि रंगेली प्रहरीमार्फत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


14 पटक हेरिएको 












