बिराटनगर । हुण्डी कारोवारमा संलग्न मोरङको विराटनगर महानगरपालिका-१५ का ५६ बर्षीय शम्भु प्रसाद साह र विराटनगर-१७ का ३५ बर्षीय सुरज प्रसाद साहलाई पक्राउ गरेको छ । शंकास्पद मानिसहरुको बैंकिङ कारोवार विश्लेषण गर्दै जाने क्रममा शम्भु प्रसाद साह र सुरज प्रसाद साहले अन्य मानिसहरुको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी १ अर्व ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैया ८१ पैसा बरावरको रकम हुण्डीको माध्यमबाट कारोवार गरेको देखिएको थियो । असोज १ गते पक्राउ परेका दुवै जनाको हुण्डी सम्वन्धी कारोवार गर्न नहुने, संगठीत अपराध निवारण ऐन २०७० र सम्पति शुद्धिकरण निवारण ऐन २०६४ सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।


3 पटक हेरिएको 












