पथरी।तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपमा आज पहिलो चरणको खेल सकिएको छ ।
मङ्गलबार नेपाल पुलिस क्लब काठमाडौ र रेड हर्ष फुटबल क्लब ईलामबिच आमुन्नेसामुन्ने भएसङ्गै पहिलो चरणको खेल सकिएको हो । खेलमा इलामलाई सडनडेथमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले ४-३ को जित निकालेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा दुवै टोलीबाट ४–४ गोल भएपछि सडनडेथबाट विजेताको टुंगो लगाइएको हो।
खेलमा पुलिसका गोलकिपर टमाटा म्यान अफ दि म्याच घोषित भए। पुलिस क्लबले अब एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ। सो खेल २२ गते बिहिवार हुनेछ ।


6 पटक हेरिएको 










