पथरी। तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपमा आज दोश्रो सेमिफाइनल खेल भएको छ ।
एनआरटी र नेपाल पुलिस क्लबबिच खेलमा नेपाल पुलिस क्लबले बाजी मार्यो । टाईब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश पाएको हो । नेपाल पुलिस क्लबले न्यु रोड टिम (एनआरटी)लाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो।
निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।
निर्धारित समयको पहिलो हाफमा नेपाल पुलिसका सुजन मगरले आफ्नो टिमलाई अग्रता दिलाए । दोस्रो हाफमा एनआरटी काठमाडौँका क्याप्टेन आशिष गुरुङले जवाफी एक गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । उनले पेलाल्टीमार्फत गोल गर्न सफल भए । खेलमा नेपाल पुलिस क्लबका सुजन पुलामी मगर ‘म्यान अफ द म्याच’ घोषित भए। पुलिसले यस अघि रेड हर्ष ईलामलाई पराजित गरेको थियो। अब पुलिस क्लबले झापा ११ को सामना गर्नुपर्नेछ । सो फाइनल खेल असोज २४ गते शनिबार हुनेछ ।


17 पटक हेरिएको 












