‘यात्रा संस्मरण’ पुस्तक विमोचन तथा विमर्श कार्यक्रम एकैसाथ

पथरी । सिर्जना मझेरी कार्यक्रममा साहित्यकार भोजकुमार राईको कृति ‘यात्रा संस्मरण’ पुस्तक शनिबार विमोचन तथा विमर्श गरिएको छ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, साहित्यकार तथा आयोजक समितिका अध्यक्ष धनराज राई, कृतिकार भोजकुमार राई, अमिरलगायत अतिथिहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् । कला साहित्य प्रवर्द्धन समिति पथरी शनिश्चरेको आयोजनामा प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको सिर्जना मझेरीमा विमोचित कृतिमाथि बेलबारीका साहित्यकार ईरान राई र साहित्यकार सुमन मेवाहाङले समीक्षा गर्दै कृतिका विविध पक्षमाथि विमर्श गरेका छन् । कार्यक्रममा साहित्यकार रोहित पराई, कमल निरौला, बिद्रोही कान्छा, बिन्दु निरौला, होम अधिकारी, रोहित पराई, लक्ष्मी ढुङ्गेल, कृष्ण अधिकारी, फिपराज बेघालगायत विभिन्न साहित्यकारहरूले कविता, गजल, मुक्तक प्रस्तुत गरेका छन् । पथरी बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष तथा पूर्व नगरप्रमुख दिलीपकुमार राई तथा उपाध्यक्ष तुलसी ढकाल, सहित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बाल गायिका ओसिन सेन्चुरीले ‘कसरी म भुलें’ गीत प्रस्तुत गर्दै सांगीतिक मनोरञ्जनसमेत प्रदान गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार