कानेपोखरी(मोरङ) । मोरङको बेलबारी नगरपालिका–११ नलवारीस्थित बाँसघारीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
मंसिर २ गते साँझ करिब ५ः५० बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। ४५ हजार ८२५ रुपैयाँ र ११ थान कौडासमेत बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–२ का ५१ वर्षीय खमानसिंह लिम्बू, ५७ वर्षीय कल्याणबहादुर थापा र ३८ वर्षीय नरेश राजवंशी रहेका छन्। त्यस्तै, सुन्दरहरैँचा नगरपालिका–१ का ४९ वर्षीय रामकुमार राई पनि पक्राउ परेका छन्। चारै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले मंसिर ३ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।


19 पटक हेरिएको 












