दमक । झापाको पशुहाट दमकमा याक्थुङ साम्लो महोत्सव २०८० आजबाट सुरु भएको छ । लिम्बू कलाकर्मीहरुको संगठन फक्तालुङ सांस्कृतिक मञ्चले आयोजना गरेको दुई दिने साम्लो महोत्सव, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले उदघाटन गरे । उदघाटन अघि मौलिक पहिरनमा सजिएर प्लेकार्डसहितको र्यालीले नगर परिक्रमा गरिएक...






