पथरी । नगरको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाका शेयर सदस्यहरूका लागि सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा आज नगरको सभहलमा सो कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर भित्र स्थापित सहकारी...






