बेलबारी । कोशी प्रदेश नामाङ्करण विरुद्धको आन्दोलनमा सहिद भएका पदम लिम्बू लाजेहाङको नाममा प्रतिष्ठान गठन गरिएको छ । बिहिवार गठित अमर सहिद लाजेहाङ स्मृति प्रतिष्ठान, जीवन खेवाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो । प्रतिष्ठानको उपाध्यक्षत्रयमा चन्द्र कुमारी लिम्बू, डम्बर कुरुम्बाङ, देउमान पन्धाक, सचिबमा विजय सिङ...






