बेलबारी । कोशी प्रदेश नामाङ्करण विरुद्धको आन्दोलनमा सहिद भएका पदम लिम्बू लाजेहाङको नाममा प्रतिष्ठान गठन गरिएको छ । बिहिवार गठित अमर सहिद लाजेहाङ स्मृति प्रतिष्ठान, जीवन खेवाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।
प्रतिष्ठानको उपाध्यक्षत्रयमा चन्द्र कुमारी लिम्बू, डम्बर कुरुम्बाङ, देउमान पन्धाक, सचिबमा विजय सिङ्जागो, सह सचिबमा कृष्ण मेन्याङ्बो र कोषाध्यक्षमा राजेश हुक्पा चोङ्बाङ रहेका छन् । पबित्र सुक्वाबा, रुक्मिणी धिमाल, राजु चोङ्बाङ, अरुणा निङ्लेकु, हरिराज खिम्दिङ र राम कुमार खुदाङ प्रतिष्ठानको सदस्यमा चयन भएका छन् । जेष्ट नागरिक बम बहादुर मेन्याङबोको अध्यक्षतामा बसेको बैठकले दिलु लिङ्देन लावतीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि बनाइएको छ।


140 पटक हेरिएको 








