शनिश्चरे । गाउँमा २० वर्ष अघि छिमेकमा बिजुली बत्ती बल्यो । तर 'बत्ती मुनि अध्यारो' भने झै पथरीशनिश्चरे ४ की ६५ वर्षीया वृद्धा गोपीमाया राईको घरमा बिजुली बलेन । वडा नं ४ को कार्यालयले बिजुलीको मिटर बक्स, तार र बल्व समेत व्यवस्थापन गरी विद्युत् सेवा उपलब्ध गराएपछि उनको झुपडीमा पनि रातै उज्यालो भएको हो । २० वर्ष अघि न...






