'गाउँ आएको बाटाे' फिल्ममा साँच्चै नै बाटाेकै कुरा छ । सग्लाे पहाडमा जब ओैजार पुग्छ या बडेमानका डाेजर, भ्याकुरे(एस्काभेटर) कुद्छ । तेर्साे र सर्पिला घुम्तीका रेखाहरू देखा पर्छन् । अलिकपछि बस, गाडी र अन्य सवारी साधन पुग्छ । बाटाे भाैतिक पूर्वाधारहरूमध्ये सबैभन्दा आधारभूत कुरा हाे । तर, गाउँ सँस्कृति, मूल्यमान्यता र प्...






