‘गाउँ आएको बाटाे’ फिल्ममा साँच्चै नै बाटाेकै कुरा छ । सग्लाे पहाडमा जब ओैजार पुग्छ या बडेमानका डाेजर, भ्याकुरे(एस्काभेटर) कुद्छ । तेर्साे र सर्पिला घुम्तीका रेखाहरू देखा पर्छन् । अलिकपछि बस, गाडी र अन्य सवारी साधन पुग्छ ।
बाटाे भाैतिक पूर्वाधारहरूमध्ये सबैभन्दा आधारभूत कुरा हाे । तर, गाउँ सँस्कृति, मूल्यमान्यता र प्रारम्भिक जीवनशैलीकाे केन्द्र हाे । ‘बाटाे’ले जनजीवनमा सहजतासँगै द्वन्द्व पनि ल्याउने रहेछ भन्ने कुरा सुन्दरतापूर्वक देखाइएकाे छ ।
पूर्वमा माझ किरात खम्बुवान अन्यत्रकाे तुलनामा ढिला सडक पुगेको पनि हाे । अहिले भाेजपुर, खाेटाङ, साेलुखुम्बु, ओखलढुंगा, उदयपुरमा हुँदै वल्लाे किरातकाे रामेछापसम्म सडक सञ्जाल पुगेको छ । मध्यपहाडी लाेकमार्ग वैकल्पिक मार्गहरूले सबै पहाडी जिल्ला जाेडिएका छन् । गाउँ खेतका गराहरू भत्किएर, अक्कर भीरहरू ताछिएर फराकिला सडक बनेका छन् । तर, प्राथमिकताकाे सूचीहरूले जनजीवन साँघुरो पनि भएको छ । चेपिएकाे पनि छ ।
सुप्तुलुङ(तीन चुल्हा) खम्बू/राई समुदायमा सबैभन्दा पवित्र र उच्च स्थानकाे प्रतीक हाे । माइला(दयाहाङ राई), माइली(पशुपति राई) र विन्द्रे(प्रसन राई) कै सेरोफेरोमा कथाकाे सुइँ घुमिरहन्छ । यी पात्रहरू तीन ढुंगाका प्रतीक जस्ता लाग्छन् । जसले कथामा सन्तुलन ल्याउँछ ।
आदिवासीय/मूलवासीय सँस्कृति र विश्वव्यापीकरण/पूँजीवादकाे रस्साकस्सी कलात्मक ढंगले प्रस्तुत भएको छ । बाँसकाे सँस्कृति याक्थुङ जस्तै खम्बू/राई समुदायमा अभिन्न अङ्ग हाे । बाँस काट्नु, चाेया बुन्नु, मान्द्राे तयार पार्नु, पिसाे बनाउनु लाेक सीप हाे । तीनपाने रक्सी जसलाई राई समुदायमा वासिङ/चि/अरक/आराखा/हेङ्मावा आदिका नामले पुकार्छन् । मुन्दुममा ‘आरावा खारावा’ भनिएको छ । सडक पुग्नुअघि माझ किरातमा गाेरखाली शाषक पुगेको हाे । जसले हिन्दू सँस्कृति र मूल्यमान्यता प्रवेश गराए । नाइम्मा चिनिमाले मर्चा बनाएको कथाहरू विस्थापित भए । रक्सी प्रतिबन्धित उत्पादनमा पर्याे । जसलाई शाही, पञ्चायती र गणतान्त्रिक सबै सरकारहरूले जफत गरे । मिल्काए, खाडलमा फाले । माइला र माइलीका लाेक सीप जाे मुन्दुमी परम्पराहरूकाे निरन्तरता हाे । थप सङ्कट पर्याे, बाटो आएपछि । बाटोसँगै पूँजीवादी सामग्री र उत्पादन भित्रिएपछि ।
विन्द्रे उमेरमा सानाे भएपनि एउटा ठूलो सपना पालेर बसिरहन्छ । मलायाबाट फिरेकाे एक गाउँलेले ल्याएको पूँजीवाद र उदारवादी अर्थतन्त्रकै एक साधनकाे चाहना राखेपछि माइलाकाे जीवन छाेराकाे चाहना पूर्ति गर्नेतर्फ उन्मुख हुन्छ । भाेजपुरबाट धरान झर्नु भनेकै अवसर, पहुँच, सुविधा या अर्को भाषामा भन्नुपर्दा खुला बजार अर्थतन्त्रले तानिनु हाे ।
भीमकाय चलचित्रकर्मी नवीन सुब्बाको निर्देशनमा बनेको ‘गाउँ जाने बाटाे’ हवाई मार्ग भएर चार महादेशका अन्तर्राष्ट्रिय चलचित्र महाेत्सवहरूमा पुगिसकेको छ । अहिले देशका सहरहरूमा पसेको छ । गाउँको कथा नगर र महानगरहरूमा छिरेको छ । निर्देशक सुब्बाले फिल्मकाे कथा भन्ने शैलीलाई सरल राखेका छन् । घटनाक्रमकाे श्रङ्खलाले कथालाई बढाउँछ । सुब्बाले ‘नुमाफुङ’काे तुलनामा यस फिल्ममा देशबाहिरका प्राविधिकहरू भरपूर उपयोग गरेका छन् । जसको प्रभाव काममा देखिन्छ । सुब्बाको फिल्मले दर्शन नबाेक्ने कुरै छैन । त्यो कथा, पटकथा र संवादमा झल्किन्छ । त्याे, उनले प्रयोग गर्ने पृष्ठभूमि, रङ्ग, प्रकाश, सामग्री र वस्तुहरूमा उत्रिन्छ । ‘गाउँ जाने बाटाे’ले हामीलाई जरा छाड्ने या नछाड्ने भन्ने जबर्जस्त द्विविधामा भने पार्न सक्छ ।
८ जून, २०२४
धरान, विजयपुर, लिम्बुवान