पथरी प्रहरीद्वारा मासिक सम्पादित कार्य सार्वजनिक, कति सफल कति असफल ?

पथरी । इलाका प्रहरी कार्यालय पथरीले भदौ महिनामा विभिन्न प्रकृतिका १८ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तकाअनुसार  दर्ता भएका मुद्दामध्ये लागूऔषधसम्बन्धी मुद्दा १० वटा रहेका छन्। त्यस्तै जबरजस्ती करणी २, बैङ्किङ कसुर २ र अभद्र व्यवहारसम्ब...