पथरी। मोरङको पथरी शनिश्चरे-३ थोकफेक्ला पाङफेमा रहेको चुक्मा मुकुमलुङ माङथाना संरक्षण गर्न स्थानीयबासी जुटेका छन् ।मुन्धुमी पाङवादेन सावा हाङजङको थोक फेक्ला पाङफेमा रहेको देबी थानलाई चुक्मा मुकुमलुङ माङथाना मुन्धुमी नामाकरण गरेसँगै संरक्षणमा स्थानीयबासी जुटेका हुन् । गाउलेहरुको आर्थिक, भौतिक र श्रम दान सहयोग मिलेपछि गत...






