युमा साम्योको महाधिवेशनले नेतृत्व छान्यो

धरान(सुनसरी): युमा साम्यो (धर्म) महासभा, नेपालको ऐतिहासिक प्रथम महाधिबेशनले नेतृत्वमा देबेन्द्र वनेमलाई चयन गरेको छ । असोज १ गतेदेखि ३ गतेसम्म धरानमा भएको महाधिवेशनले ३९ सदस्यीय समिति निर्वाचित गरेको छ । महासभाको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण मेन्याङ्बो, चार उपाध्यक्षहरुमा हर्क सुब्बा इजम, मानबहादुर सिरेङ, एस बि ताप्मादेन, गिता फाक्लेछुवा, महासचिबमा डा. रमेस इजम, उप महासचिबद्वयमा भिमसेन लिङ्दम, युबाहाङ तुम्बाहाङ्फे, सचिबद्वयमा भिम केदेम, सन्तोस कुरुम्बाङ, कोषाध्यक्षमा देबेन्द्र थेगिम र सह कोषाध्यक्षमा सीता तुम्बाहाङ्फे रहनुभएको छ । त्यस्तै सदस्यहरुमा प्रेम कुमार पतङ्वा (तेह्रथुम), लोकमान थलङ (सङ्खुवासभा),जगत प्रसाद योङ्हाङ (इलाम), दिल कुमार आङ्देम्बे (इलाम), कुल बहादुर मादेन खेवा (धनकुटा), पदम चेन्जी माबो (काठमान्डौ), बि के थलङ (ताप्लेजुङ), बाल कुमार फुरुम्बो (ताप्लेजुङ), राजेन्द्र अन्छङ्बो (ताप्लेजुङ), प्रेम सुहाङ (पाचथर), सुर्य योङ्हाङ (पाचथर), डिल्ली सिगु (पाचथर), राज कुमार खुदाङ (मोरङ), ललित इजम (झापा), सरोज सिङ लक्सम (झापा), नेत्र सावादेन (सुनसरी), दिल कुमार सिरेङ (सुनसरी), भिम वनेम (सुनसरी), सन्च बिर नाल्बो (सुनसरी), देब इजम (सुनसरी), बिरान इजम (सुनसरी), हितराम तिल्लिङ (सुनसरी), पदम मादेन (सुनसरी), भक्त मुसाहाङ (सुनसरी), रमेश माबोहाङ (धरान) र गणेस पङधाक(मोरङ) चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार