धनकुटा । निवर्तमान संघीय सांसद राजेन्द्र कुमार राईले धनकुटाको पाख्रीवास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन ।

धनकुटाबाटै निर्वाचित भएका नेता राईको धम्कीपछि धनकुटाको पाख्रीवास नगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेर कारवाही गर्नुपर्ने माग सहित आन्दोलनमा उत्रिएका छन्। शुक्रवार वसेको पाख्रीवास नगरपालिकामा कार्यरत कर्मचारीहरुको बैठकले राईलाई कारवाही र पौडेल लगायतका कर्मचारीको सुरक्षाको माग गर्दै पेन डाउन गरेर सम्पुर्ण कामकाज वन्द गर्ने निर्णय गरेको हो।

बैठकपछि जारी गरिएको विज्ञप्ती अनुसार नेता राईले विहिवार कार्यालय समयमा पौडेललाई फोन गरी अत्यन्त अपमानजनक, असभ्य, अराजक र अपराधिक मनोवृत्तिबाट ग्रसित मनासायले धम्की दिएको प्रति आपती जनाएको विज्ञप्तीमा उल्लेख छ ।


116 पटक हेरिएको 








