प्रहरीद्वारा शुभकामना आदानप्रदान

पथरी । इलाका प्रहरी कार्यालय पथरी शनिश्चरे प्रदेश नम्बर १ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शनिबार कार्यालयले विजय दशमी, दिपावली तथा छटको उपलक्ष्यमा कार्यक्रम गरेको हो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउपालिकाका जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधिसहितको सहभागिता रहेको थियो । इलाका प्रहरी कार्यलयका प्रमुख बेद प्रसाद गौतम, जनप्रतिनिधिको तर्फबाट पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो, राजनीतिक दलको तर्फबाट नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष तुलशी ढलाल, कानेपोखरी गाउपालिका वडा नम्बर ६ का अध्यक्ष खडग बस्नेतलगायतले शुभकामना आदानप्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार