बेलबारी । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ । उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले बेलबारी नगरपालिका ८ का नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका लिम्बुलाई टिकट दिएको हो । आयोगले मनोयन दर्ता गर्न कांग्रेसलाई १ बजेसम्मको समय दिएको थियो। १ बजे देखि २ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने, २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तालिका आयोगको छ । र भोलि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । नेपाल विद्यार्थी संघ मोरङका पूर्व सभापति समेत रहेका लिम्बुले नेकपा एमालेका दिलिप राईसहित ५ जना उम्मेदवारहरुसङ्ग स्पर्धा गर्नेछन् । मोरङ ३ (१) नेपाली काँग्रेसका उम्मेदवार मानबहादुर लिम्बूलाई
नेकपा माओवादीका नेता लालबहादुर सुस्लिङ मगरले समर्थन गरेका छन् । भने उम्मेदवार लिम्बुलाई नेपाल काङ्ग्रेसका नेता सुयर्माराज राई प्रस्ताब गरेका छन । 


133 पटक हेरिएको 












