कांग्रेस प्रदेश १ को संसदीय दलको नेता पुस १५ गते चयन गर्ने

विराटनगर । प्रदेश नम्बर १ को दोस्रो ठुलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता पुस १५ गते चयन गर्ने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ ।
पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । सोहि दिन बिहान ११ः३० मा अन्तिम नामावली सार्वजनिक गरिने छ ।
पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार