बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रामसहायप्रसाद यादब निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा ५२ वर्षीय यादब निर्विरोध निर्वाचित भएका हुन् ।
जसपा प्रचार विभाग प्रमुख पूणर् बस्नेतले संसदीय दलको नेता चयनका लागि यादवको मात्रै मनोनयन दर्ता भएको बताए । १३ हजार ८ सय २२ मत प्राप्त गरि विजयी भएका यादब सहित जसपाको प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् । जसपाको संसदीय दलको नेतामा सङ्घीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएको थियो । तथापि दलको नेता चयनका लागि दुवै नेताले उम्मेदवारी नदिनुभएको जसपाले जनाएको छ


113 पटक हेरिएको 









