मन्त्रिपरिषद्ले के के निणर्य गर्‍यो ?

काठमाडौँ । मन्त्री परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । मन्त्री परिषद्को बैठकले गरेका निणर्य सार्वजनिक गर्दै शुक्रवार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चितता लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निणर्य भएको बताएका हुन् । विहिबार बसेको निणर्य सार्वजनिक गर्दै उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निणर्य गरेको जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निणर्य सरकारले गरेको छ । कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने पनि निणर्य गरेको छ ।
मन्त्री पौडेलले राष्ट्रियसभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निणर्य, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निणर्य भएको बताए । त्यस्तै कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निणर्य र अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निणर्य गरेको छ ।’ सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निणर्य समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार