चलचित्र `रित´को विशेष प्रदर्शन

दमक(दमक)। चलचित्रको सम्भावना र चुनौती विषयक अन्तरकृयासहित लिम्बु मौलिक चलचित्र “रीत” दमक बजारमा शुक्रबार बिषेश प्रर्दशन भएको छ ।
लिम्बु जातिको संस्कार, सस्कृति र जनजीविकालाई मुख्य कथावस्तु बनाईएको चलचित्र “रीत” भव्य रुपमा प्रदर्शन भएको चलचित्रका निर्माता बिष्णुकुमार इङनामले जानकारी दिए । फाल्गुनन्द फिल्म प्रा.लि. को व्यानरमा दिनेश लिङदेनद्धारा निर्देशित चलचित्रमा मुख्य कलाकारको रुममा तान्छोहाङ इङनाम, लक्ष्मी योङहाङ, बिमला खजुम, यासेली योङहाङ, दिनेश माङमु, सागर केरुङलगायत रहेका छन् । चलचित्रको मुख्य निर्मातामा इङनाम लगायत होमकुमार लावती र आशा नेम्बाङ रहेका छन् भने सह निर्मातामा बसन्त थेवे, विक्रम पयाङगु र कविता राई लिङदेन रहेका छन् । चलचित्र “रीत” नेपालको विभिन्न जिल्ला साथै हङ्कङ् यु.के. लगायतका देशमा समेत प्रदर्शन हुने निर्माता इङनामले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका नगर प्रमुख राम थापाले आजको जमानामा मौलिक संस्कृतिको जगेर्ना गर्ने र जनचेतना फैलाउने फिल्म बनाएर प्रदर्शन गर्नु नै महत्वपूर्ण कुरा रहेको बताउनुहुँदै फिल्म दृष्यावलोकन गरे । यसैगरी विशेष अतिथिको रूपमा किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापा अध्यक्ष सेसेहाङ फियाक लिम्बू, समाजसेवी त्रिभुवन लुम्फुङवा, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, कियाचु कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बू लगायतले चलचित्र रीत दृष्यावलोकन गरिनुका साथै ३ सय भन्दा बढीले चलचित्र “रीत” हेरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार