ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रम

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ ले ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रमको आयोजना मंगलबार गरेको छ ।
वडा कार्यालयमा भएको कार्यक्रममा वडाकी १ सय ४ वर्षीया जसरानी लिम्बु लगायत ७५ वर्ष माथिको जेष्ठ नागरिक र एकल आमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
यस्तैगरी वडाका जेष्ठ नागरिकहरुलाई ३ सय वटा इलेक्ट्रिक जग प्रदान गरिएको छ । जाडोको समयमा वृद्ध वृद्धालाई पानी तताएर पिउन सहज होस् भन्ने हेतुले सम्मान पश्चात् जग बाडिएको वडा अध्यक्ष उद्धवराज बस्नेतले जानकारी दिए । सम्मान कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रमलाई नगरले सधैं सम्मानका साथ हेरेको र भावी दिनमा अझ कार्यक्रमलाई वृहत् बनाउँदै लाने बतए ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष उद्धवराज बस्नेत, स्वागत मन्तव्य वडा सदस्य सपना राई र कार्यक्रम सञ्चालन वडा सचिव ललिता लावतीले गरेकी थिइन । कार्यक्रममा वडा सदस्यहरु नरेशबहादुर राई, मनिकुमार लिम्बु, उषा लम्जेल र वडावासीको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार