पथरी शनिश्चरे नगरपालिकाद्वारा दुई विधेयक पारित

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको बाह्रौं नगर सभाले बुधबार दुई वटा बिधेयक स्वीकृत गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सो बिषय जानकारी गराएको हो । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७९ र शिक्षा सम्बन्धमा व्यस्थापन गर्न बनेको विधेयक २०७९ पारित गरेको प्रबक्ता नवीन कार्कीले जानकारी गराए । चालु आर्थिक वर्षको पुस मसान्तसम्म भएको प्रगति विवरण पेस गरिएको नगर सभाले नगर अस्पतालबाट सर्पदङ्स उपचार सेवा सन्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार