पथरी । नेपाल सरकारको सुशासनका लागि सञ्चालन गरिएको ‘मूल्य पारदर्शिता सप्ताह’ कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे नगरपालिकाद्वारा निरन्तर बजार अनुगमन भइरहेको छ । आज पथरी बजारका डेरी पार्लर, सब्जी मन्डी, भाडा पसल, किराना पसल, फ्रेस हाउस, आयुर्वेद मेडिकल हल तथा स्पा सेन्टर लगायतका व्यवसायहरूको अनुगमन गरिएको हो । अनुगमनपछि व...






