काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट समाजबादी विद्यार्थी युनियनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाएको छ । शनिबार समाजवादी विद्यार्थी युनियनका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा भनिएको छ `त्रिविले मिति २०७९ चैत्र ५ गते गर्न तोकिएको निर्वाचनलाई सहि अर्थमा सफल बनाउनको लागि हाम्रो संगठन र त्रिवीबीचमा भएको सहमति अनुसार पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिवि कुलपति समेत रहनु भएका सम्माननीय प्रधानमन्त्री समक्ष युनियनका ध्यानाकषर्ण सहित जोडदार माग गर्दछौं।´


178 पटक हेरिएको 












