नेम्बाङ समाजको सातौ अधिबेशन

काठमाडौ । याक्थुङ नेम्बाङ समाज नेपालको आ.ब. २०७९/०८०को साधारण सभा तथा सातौं केन्द्रिय अधिबेशन सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान पूर्ब कुलपति बैरागी काइंला तिलबिक्रम नेम्बाङ्
प्रमुख अतिथि, किरात याक्थुङ चुम्लुङ्का उपाध्यक्ष गोबिन्द आङबुङ बिशिस्ट अतिथि रहेकोे अधिबेशन समाजका अध्यक्ष प्रियकुमार नेम्बाङ्को अध्यक्षतामा सम्पन्न भएको हो । अधिबेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । समाजको अध्यक्षमा प्रिय कुमार नेम्बाङ, बरिस्ठ उपाध्यक्षमा कृष्ण राज नेम्बाङ, उपाध्यक्षद्वयमा भगिमान नेम्बाङ, देबि माया लिम्बु, महासचिवमा देबेन्द्र नेम्बाङ, सचिवद्वयमा दुर्त प्रसाद नेम्बाङ (नबिन), संगीता सुहाङ नेम्बाङ, कोषाध्यक्षमा देबेन्द्र प्रसाद नेम्बाङ, सह सचिवमा अर्चना नेम्बाङ र सह कोषाध्यक्षमा मुईगुम फागो नेम्बाङ निर्वाचित गरेको छ । भने सदस्यहरुमा दिलेन्द्र राज नेम्बाङ, रमेश नेम्बाङ, चन्द्रकला नेम्बाङ, सुरेन्द्र नेम्बाङ, नितु नेम्बाङ, देशु सुहाङ नेम्बाङ, बिबश नेम्बाङ, जुनिता नेम्बाङ, सरुना नेम्बाङ, भावना नेम्बाङ, गीता कुरुम्बाङ नेम्बाङ, ईन्द्र माया नेम्बाङ,सन्त नेम्बाङ, रुपन नेम्बाङ लगायत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार