पथरी । सामुदायिक कुकुर बन्ध्याकरण रेबिज विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिका पशु तथा मत्स्य शाखाको आयोजनामा चैत २९ र ३० गते सो खोप कार्यक्रम सम्पन्न गरिएको थियो ।
सोमबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बुले सो खोप कार्यक्रमको प्रत्यक्ष अवलोकन गरेका छन् ।
वडा नं. ३ को नगर पशु अस्पतालमा सञ्चालन गरिएको सो कुकुर बन्ध्याकरण रेबिज विरुद्धको खोप कार्यक्रमको प्राविधिक सहयोग मानव पशु तथा बाली संरक्षणका लागि युवा चितवनले गरेको हो । नगरको १० वटै वडाबाट जम्मा गरी २ सय २० वटा सामुदायिक कुकुरको बन्यध्याकरण १९ जनाको टोलीले गरिएको नगरका पशु डा. आशिष साहले जानकारी दिए।


8 पटक हेरिएको 





