होलीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछः प्रधानमन्त्री दाहाल

पथरी । प्रधानमन्त्री पुष्पकमल दाहालले होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सोमबार विहान शुभकामना सन्देश जारी गर्दै उनले सो विश्वास व्यत्त गरेका हुन् । सन्देशमा भनिएको छ, ‘नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बिच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीहरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको जनाउँदै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने सन्देशसमा भनिएको छ।
शुभकामना सन्देशको पूर्ण पाठ
शुभकामना सन्देश
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल-पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा) २०७९ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्दछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्नसमेत अभिप्रेरित गर्दछन् ।
अन्त्यमा, नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बिच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीहरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२२ फागुन २०७९
पुष्पकमल दाहाल ‘प्रचण्ड’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार