विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ ।
नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगमा भएको लिगको अन्तिम खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई १० विकेटले पराजित गरि लिगको तीनै खेलमा जित हात पार्दै समुह विजेता बनेको हो । दुवै टिम यस अघि र्नै फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ५ बलमा सर्वै विकेट गुमाई ७६ रनको सामान्य स्कोर बनाएको थियो । सिरहाकी चन्दीका साहले १२ रन बनाउँनु बाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मोरङकी वुमन अफ द म्याच सृजना राजवंशीले सर्वाधिक ३ विकेट लिइन् ।
७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले ७ दशमलव २ बलमा विना विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङकी कप्तान सानु राजवंशीले ३९ रनमा नटआउट हुँदा पुणर्ीमा राजवंशी १९ रनमा नटआउट भइन् । यस अघि भएको पहिलो खेलमा एमसीसी-११ ले मधेश प्रदेशको सप्तरीलाई ८ विकेटले पराजित गर्दै सान्त्वना जित हात पारेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभर खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ४ रनको स्कोर बनाएको थियो । सज्तरीकी मन्जु रामले नटआउट १४ रन शाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छन् सकेनन् । एमसीसीकी वुमन अफ द म्याच रचना चौधरीले ४ लिँदा एलिना गोतामे र चान्दनी यादनले २-२ विकेट लिइन् ।
१ सय ५ रनको लक्ष्य पछ्याएको एमसीसीले ११ दशमलव ५ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । एमसीसीकी चान्दनी यादवले नटआउट १८ रन बनाउँदा रिया तामाङले १७ रन र रचना चौधरीले नटआउट १४ रन बनाइन् । एमसीसीको दुवै विकेट रनआउटबाट भएको हो ।
फागुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागी रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए । लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनलमा पुग्ने छ । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।


158 पटक हेरिएको 












