जिल्लास्तरीय पुनःनामाङकन संघर्ष समिति गठन

दमक(झापा) । पहिचानवादी राजनैतिक दलका कार्यकर्ता र विभिन्न जातीय संस्थाका अगुवाहरुको शुक्रवार विर्तामोडमा भएको भेलाले प्रदेश न.ं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति गठन गरेको छ ।
फागुन १७ गते प्रदेश न.ं १ को नाम कोशी प्रदेश भनि गरेको नामाकरणलाई अस्वीकार गर्ने घोषणा गर्दै आएका आन्दोलनका घटकहरुको सहभागितामा जिल्लास्तरीय संघर्ष समिति गठन गरिएको हो ।
प्रदेश न.ं १ को नाम कोशी प्रदेश भनि घोषणा गरिएको नामलाई खारेज गरेर पहिचानको आधरमा प्रदेश न.ं १ को पुनः नामाङ्कन हुनुपर्छ भनेर आन्दोलन गरिरहेका संघर्षरत दल र जातीय संघ-संस्थाहरुको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको निमित्त जिल्लास्तरीय संघर्ष समिति गठन गरिएको जनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डपलाल चौधरीको संयोजकत्वमा गठित संघर्ष समितिमा पहिचानवादी राजनैतिक दलका कार्यकर्ता र संघसंस्थाका प्रतिनिधिहरु रहने गरी सो समिति गठन गरिएको जनाइएको छ । जसमा सदस्य सचिवको भूमिकामा किरात याक्थुङ् चुम्लुङ्का जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लिम्बू रहने समेत निणर्य गरिएको छ ।
आन्दोलनलाई परिचालन गराउनको निमित्त युवा परिचालन उप-समिति र आर्थिक उप-समिति समेत गठन गरिएको छ । युवा परिचालन उप-समितिमा सुमन समबाहाङ्फे संयोजक र उपेन मेन्याङ्वो सह-संयोजक रहने समेत निणर्य गरिएको छ । त्यसैगरी आर्थिक उप-समितिमा शर्मिला आङ्देम्बेको संयोजकत्वमा भिममाया नेम्बाङ्, सिजा राई र सुनिता लामा सुहाङ् सदस्य रहने निणर्य गरिएको छ ।
भेलाले विभिन्न जिम्मेवारी तोक्दै पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार फागुन २७ गते साँझ झापाको मूख्य केन्द्रविन्दू दमक र विर्तामोडमा केन्द्रिकृत भई राँके जुलुस गर्ने र २८ गतेको आम हडताल आ-आफ्नो क्षेत्रमा सहभागि भई सम्पन्न गर्ने समेत भेलाले निणर्य पारित गरेको जनाइएको छ ।
साथै झापा जिल्लाभरि नगर र गाउँ स्तरीय संघर्ष समिति गठन गरेर नगर गाउँका शहरहरुमा समेत आम हडताल गर्ने गरी मातहतका समितिहरुलाई निर्देशन गर्ने समेत निणर्य पारित गरिएको जनाइएको छ ।
जिल्लास्तरीय संघर्ष समितिमा निम्नानुसार सचिवाल सदस्य रहेका छन् ।
१. संयोजक – पाण्डपलाल चौधरी (अध्यक्ष- नेपाल आदिवासी जनजाति महासंघ, झापा)
२. सदस्य सचिव – सेसेहाङ् फियाक लिम्बू (अध्यक्ष – किरात याक्थुङ् चुम्लुङ्, झापा)
३. सचिवालय सदस्य – दिपेन बाला राई (अध्यक्ष – जनता समाजवादी पार्टी, झापा)
४. सचिवालय सदस्य – जनबहादुर जवेगु (अध्यक्ष – लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, झापा)
५. सचिवालय सदस्य – राजा आङ्थुप्पो (उपाध्यक्ष – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, झापा)
६. सचिवालय सदस्य – मंगल साम्याङ्खाम लिम्बू (जिल्ला संगठन सचिव – राष्ट्रिय जनमूकित पाटी, झापा)
७. सचिवालय सदस्य – राम नेम्बाङ् (अध्यक्ष – किरात मोर्चा, झापा)
८. सचिवालय सदस्य – मकल साँबा लिम्बू (उपाध्यक्ष – लोसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति, झापा ।
९. सचिवालय सदस्य – गोकुल भुजेल (संघीय लिम्बुवान पार्टी, झापा ।
१०. सचिवालय सदस्य – केवलराम राई (सचिव – किरात राई यायोख्खा, झापा)
११. सचिवालय सदस्य – बुद्धिमान सुनुवार (अध्यक्ष -सुनुवार सेवा समाज, झापा)
१२) सचिवालय सदस्य – लखनलाल राजवंशी (सचिव – राजवैशी समाज विकास समिति, झापा)
१३. सचिवालय सदस्य – सञ्जय थामी (थामी समाज, झापा)
१४. सचिवालय सदस्य – सन्तोष गणेश (गन्गाई समाज, झापा)
१५. सचिवालय सदस्य – लखन हमरम (नेपाल सन्थाल उत्थान संघ, झापा)
१६. सचिवालय सदस्य – पुष्पलाल चौधरी (थारु कल्याणकारी सभा, झापा)
१७. सचिवालय सदस्य – रत्न कुमार श्रेष्ठ (नेवः देव दवु, झापा)
१८. सचिवालय सदस्य – काजीमान घिसिङ् (नेपाल तामाङ् घेदुङ् संघ, झापा)
१९. सचिवालय सदस्य – टिकाराम गुरुङ् (गुरुङ्ग राष्ट्रि परिषद्, झापा)
२०. सचिवालय सदस्य – अम्बर कुमार (नेपाल कुमाल समाज सेवा समिति, झापा)
२१. सचिवालय सदस्य – मोतीलाल दनुवार (दनुवार जागरण अभियान, झापा)
२२. सचिवालय सदस्य – लक्ष्मी धिमाल (सदस्य -धिमाल जाति विकास समिति, झापा)
२३. सचिवालय सदस्य – कृष्ण माझी (अध्यक्ष – नेपाल माझी उत्थान संघ, झापा)
२४. सचिवालय सदस्य – काचली ताजपुरिया (ताजपुरिया कल्याण परिषद्, झापा)
२५. सचिवालय सदस्य – पवन मेचे (मेचे सिवियारी आफात, झापा)
२६. सचिवालय सदस्य – विकास थापा मगर (अध्यक्ष- नेपाल मगर संघ, झापा)
२७. सचिवालय सदस्य -सदस्य दिपक उराउ (नेपाल उराउ सुधार समिति, झापा)
२८. सचिवालय सदस्य – रत्न कुमार लिम्बू (अध्यक्ष – लिम्बुवान सुधार सजुम, झापा)
२९. सचिवालय सदस्य – कणर् राजवंशी (नेपाल आदिवासी उत्थान मञ्च, झापा)
३०. सचिवालय सदस्य – टेकबहादुर देवान (उपाध्यक्ष – किरात याख्खा छुम्मा, झापा)
३१. सचिवालय सदस्य – प्रताप निङ्लेकु (अध्यक्ष – याकथुङ् युवा मञ्च, झापा)
३२. सचिवालय सदस्य – मौलश्री लिम्बू (अध्यक्ष – लिम्बू लेखक संघ, झापा)
३३. सचिवालय सदस्य – कविराज चाम्लिङ् (संयोजक – किरात लिम्बुवान अभियान समिति, झापा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार