आम हड्तालको पूर्वसध्यामा कोशी प्रदेशको प्रमुख सहरहरुमा राँके जुलस प्रदर्शन

पथरी । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै शनिबार राति कोशी प्रदेशको प्रमुख सहरहरुमा राँके जुलुस निकालेको छ ।

भोजपुरमा उपस्थित प्रदर्शनकारी ।

ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलामबजार, झापाको विर्तामाड, दमक, भद्रपुर, मोरङको प्रदेश राजधानी विराटनगर उर्लाबारी, पथरी, लेटाङ र बेलबारी, सुनसरीको इटहरी र धरान, धनुकटाको धनकुटाबजार, तेह्रथुमको मेयङलुङ, भोजपुरको भोजपुरबजार, उदयपुरको गाइघाट, खोटाङको दिक्तेल, ओखलढुंगाको ओलढुंगा, सखुवासभाको चैनपुरलगायतस्थानमा राँके जुलुस प्रदर्शन गरेको हो ।
धरानमा उपस्थिति प्रदर्शनकारी ।

पथरीमा भने यलम्बर चोकदेखि जाँते मोड सम्म जुलुस लिकालेको थियो । प्रदर्शनकारीहरुले कोशी प्रदेश खारेज गर, पहिचानबादी एक होऔं, ऐतिहासिक पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण गरलगायत नारा घन्काएका थिए । राँके जुलुस प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही बेर घम्साघम्सी समेत भएको थियो । जुलुसपछि भएको कोण सभामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकसाग साँबा र किरात राई यायोक्खाका उप महासचिब अर्जुन जम्नेली राईले कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्नेमा जोड दिए ।
खोटाङमा उपस्थिति प्रदर्शनकारी ।

समितिले भोलि (फागुन २८ गते) प्रदेशव्यापी आम हड्ताल निणर्य गरेको छ भने चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन गर्ने भएको छ । लिम्बुवान किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं. को १ पुनः नामाकरण अभियान समिति , किरात याक्थुङ् चुम्लुङ र किरात राई यायोक्खा केन्द्रीय समितिको संयोजनमा मंगलबार र बुधबार (फागुन २३, २४) भएको बैठकले सो निणर्य गरेको हो । अन्दोलनरत समितिहरुको बैठकले संघर्ष समितिको नाम परिवर्तन गर्दै प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समिति राखिएको चुम्लुङ संघीय अध्यक्ष प्रेम एक्तेन जनाए ।
बैठकमा किरात राई यायोक्खा उपाध्यक्ष जनक राई, किरात सगरमाथा नामाकरण शान्तिपूणर् नैतिक दबाब समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, आदिबासी जनजाति महासंघको पूर्ब महासचिव आङ्काजी शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन, जनता समाजवादी पार्टीका रमेश राई, लिम्बुवानका नेता सञ्जुहाङ पालुङ्वा, खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय उपाध्यक्ष दिलराम राई, किरात लिम्बुवान नामकरण दबाब समुहको अध्यक्ष प्रेमदिप थाम्सुहाङ लगायतको उपस्थिति रहेको थियो । बैठकमा समाजिक तथा राजनीतिक संगठनका नेताहरुले आन्दोलनको उठान, प्रभाव, संभावना चुनौतीहरु बारे बोलेका थिए ।
प्रदेश राजधानी विराटनगरमा आयोजित प्रदर्शनकारी ।

आन्दोलनमा गोपाल किराती नेतृत्वको संगठन, मंगोल नेशनल अर्गनाइजेसन, कोच, धिमाल, याक्खा, सुनुवार, पहिचान पक्षधर एमाले, कांग्रेस, माओवादी लगायतका घटक संगठनहरुलाई जोड्दै जाने र प्रदेश नंंं.१ को मात्र नभएर बाँकी छ वटै प्रदेशको पुनः नामाकरणको मुद्धा उठाउन पहल गर्नुपर्ने वक्तारुले बिषय राखेका थिए ।
तेह्रथुममा उपस्थित प्रदर्शनकारी ।

फागुन २४ काठमाडौंमा अध्यक्ष गेल्जे लामा शेर्पाको सभापतित्वमा बसेको नेपाल आदिबासी जनजाति महासंघ संघीय समितिको बैठकले १ नं. प्रदेशको आन्दोलनलाई नैतिक र भौतिक समर्थन, सहयोग गर्ने निणर्य भएको महासचिव दिवस राईले बताए । प्रदेश नं। १ को नाम कोशी खारेजीको लागि हुने आन्दोलनमा सहभागी हुन महासंघको १ नं. प्रदेश, जिल्ला समितिहरुलाई सर्कुलर जारी गरिएको महासंघले जनाएको छ । महासंघले न्याय र स्वतन्त्रताको आन्दोलन गाउँगाउँबाट गठन र उठाउन आव्हान समेत गरेको छ । प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ ।
फिदिममा उपस्थित प्रदर्शनकारी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार